काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आईपीओ बाँडफाँड भएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । माग भन्दा धेरै गणा बढी आवेदन परेको कारण आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ ।
क्यापिटलका आनुसार आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँट गरिएको छ ।
जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले सेयर पाएका छन् ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।
कम्पनीले भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।
अर्थ सन्जाल