सामान्य अंकले बढ्याे नेप्से, कारोबार रकम भने खुम्चिदैं

काठमाडौं । सेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से सूचक ४.२६ अंकले बढेर १९६९.१८ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०४ अंकले बढेर ३७८.७३ को विन्दुमा पुगेको छ। हिजो राताम्य भएको बजार आज सामान्य अंकले सुधार आएको हो ।

सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ समूहको सेयर मुल्य घटेको छ । सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.४० प्रतिशतले घट्दा अन्य १२ उपसूचकमा भने हरियाली आएको छ ।

आज रिलायबल नेपाल लाइफको ९ करोड ३८ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *