अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दमक तारावारी आधारभूत विद्यालयमा लाखौं रुपैयाँ भ्रष्टाचारको आशंका,अख्तियारमा उजुरी

  • अर्थ सन्जाल
  • ३१ भाद्र २०८०, आईतवार २१:२४


दमक । दमक नगरपालिका वडा नम्बर ४ मा रहेको तारावारी आधारभूत विद्यालयमा लाखौं रुपैयाँको आर्थिक अनियमितता हुनसक्ने देखिन्छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई आएको ४५ लाख रुपैयाँमा भ्रष्टाचार भएको हुनसक्ने देखिन्छ ।

विद्यालयलाई दुईतले पक्की भवन बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएको सशर्त अनुदानको रकमबाट कमसल सामाग्री प्रयोग गरि रकम हिनामिना गरि भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । माथि छतबाट पानी चुहिनुका साथै दोस्रो तल्लाको प्रत्येक पिल्लरमा जोड्ती रहेको , कुनै पिल्लर पनि सग्लो नभएको पाइएको कारणले कमसल सामाग्री प्रयोग गरेर भ्रष्टाचार गरेको भन्ने आशंकालाई थप बल प्रदान गर्छ ।

अझ रोचक कुरा त के छ भने दमक पूर्वाधार विकास नियमावली २०७७ को नियम ८ को(२) ले प्रष्ट रुपमा सार्वजनिक खरिदमा उपभोक्ता समिति बनाई उपभोक्ता समितिको बैंक खाता मार्फत कारोबार गर्न प्रष्ट निर्देश गर्दा गर्दै ४५ लाख रुपैयाँ रकम सिधै दमक नगरपालिका मार्फत विद्यालयको खातामा जम्मा भएर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालयको प्रधानाध्यापकको संयुक्त हस्ताक्षरबाट खाता संचालन गरेको पाइएको छ ।

यसै सन्दर्भमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूवन ढकालसंग जिज्ञासा राख्दा ढकालले गुणस्तरहिन भवन बनेको भनेर अख्तियारमा उजुरी परेको स्वीकार गरे । ` अख्तियारमा उजुरी चै परेको हो , अब यो प्राबिधिक कुरा भएकोले छानबिन हुदैहोला मैले त के भन्न मिल्छ र ?´ ढकालले भने ।त्यस्तै खाता संचालनको बिषयमा ढकाल भन्छन् ` उपभोक्त समिति बनाएता पनि खाता चै हामी प्र.अ. र मेरो हस्ताक्षरमा चल्छ , अरु तिर पनि त्यस्तै होला ठ्याक्कै भन्न चै सकिन ।´

विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले समेत अख्तियारमा उजुरी परेर काम रोकिएको स्वीकार गरेका छन् भने काम संचालन हुनु अगाडि नै नगरपालिका मार्फत विद्यालयको खातामा ४५ लाख रुपैयाँ आएको बताए ।

उक्त भवन बनाउन उपभोक्ता समिति नबनेको भने हैन । देवी बहादुर बस्नेतको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति बनेको छ । तर नियमले उपभोक्ता समितिको नाममा खाता खोलेर उपभोक्ता समितिको अध्यक्ष , सचिव , कोषाध्यक्षको संयुक्त हस्ताक्षरले उक्त रकम चलाउन पाइने भनेर भन्दाभन्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक को नियन्त्रणमा उक्त रकम हुनु आफैमा शंकास्पद देखिन्छ ।

 

स्मरणीय कुरा त के छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूवन ढकाल दमक नगरपालिकाका मेयर राम थापाका सचिवालयमा रहेर काम गर्दछन् । उनको नगरपालिकामा हुने प्रत्येक गतिविधिमा नजर रहनु सामान्य कुरा हो । उनी नगर प्रमुखको सचिवालयमा हुनु , विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि उनी आफै हुनु , कमसल सामाग्री प्रयोग गरेर भवन बन्दा नगरको प्राविधिकले सहज रुपमा पास गर्नु , रकम पनि उनको र प्रधानाध्यापकको नियन्त्रणमा हुनु यी सारा कुरा मात्र संयोग हुन सक्ला ?

Artha Sanjal
मिती : ३१ भाद्र २०८०, आईतवार २१:२४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.