ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

काठमाडाैं । साताको पहिलाे कारोबार दिन सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१२ प्रतिशतले घटेर ३७८.६८को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६११ रुपैयाँमा किनबेच भएका छन्।

आज व्यापार समूह सर्वाधिक ३.३३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.३० प्रतिशतले घट्दा बैंकिङ समूहमा १.४२ प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२९ प्रतिशत, जलविद्युत समूहमा २.७९ प्रतिशत, लगानी समूहमा १.९१ प्रतिशत, जीवन बीमा समूहमा २.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा १.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशत, निर्जीवन बीमास मूहमा २.५९ प्रतिशत र अन्य समूहमा १.९९ प्रतिशतको गिरावट आएको छ।

एनआईसी एसिया बैंकको सर्वाधिक २७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

रिलायबल लाइफ नेपालको २४ करोड ५२ लाख रुपैयाँ, एभरेस्ट बैंकको १२ करोड ५४ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४९ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ४९ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकको ३ करोड ५३ लाख रुपैयाँ र एसटीसीको २ करोड ८४ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *