हकप्रद शेयर निष्कासनका लागि एनआईसी एसिया बैंकले माग्यो सेबोनको अनुमति

काठमाडौं । एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।

बैंकले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो।

सेबोनबाट स्वीकृति पाएपछि बैंकले आफ्ना विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्नेछ। बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

स्वीकृति प्राप्त भएपछि हकप्रद शेयर निष्कासनको मिति सार्वजनिक गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *