काठमाडौं । नबिल बैंकले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौको तुलनामा ब्याजदर बढाएको छ ।
नयाँ प्रकाशित ब्याजदर अनुसार नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०५४ प्रतिशत ब्याज दिनेछ । त्यसैगरी संस्थागत मुद्दति निक्षेपमा अधिकतम ९.०५४ प्रतिशत ब्याज दिने भएको छ ।
भदौ महिनामा व्यक्तिगत तर्फ १०.४९ प्रतिशत र संथागत तर्फ ८.४९ प्रतिशत ब्याजदर रहेको थियो ।
हाल नबिल बैंकको विभिन्न २१ प्रकारका बचत खाता सञ्चालनमा छन् । बचत खातामा ६.०५४ प्रतिशतदेखि ९.०५४ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ

Artha Sanjal






