

काठमाडौं । हिन्दु धार्मिक संघसंस्थाले विरोध गरेपछि नाटक ‘ह राम पण्डित’को नाम परिवर्तन भएको छ । नाटकको शीर्षकले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै हिन्दु जागरण पार्टी र शिव सेना नेपालले विरोध जनाएका थिए ।
धार्मिक संघसंस्थाकाे विरोधपछि नाटकको नाम परिवर्तन गरेर ‘ह बिन्दु राम पण्डित’ राखिएको छ । ती धार्मिक संस्थाको विरोधपछि बिहीबार नाटकको शो प्रभावित भयो । नाम परिवर्तन गरिएपछि शुक्रबार बेलुकादेखि नियमित मञ्चन गरिने शिल्पी थिएटर र निर्माण संस्था दैलो प्रोडक्सनले जनाएको छ ।
भैरव अर्यालको कृतिमा आधारित भनिएको यो नाटकको निर्देशक बारत लिम्बू हुन् । शिल्पी थिएटरले पनि सामाजिक सञ्जालमार्फत नाटकको नाम परिवर्तन भएको र अब नियमित मञ्चन हुने जनाएको छ । शिल्पीका अनुसार यो नाटक भदौ २७ देखि असोज १३ गतेसम्म नियमित मञ्चन हुनेछ ।
Artha Sanjal

अर्थ सन्जाल