

काठमाडौं । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले लाभांशको अन्तिम निर्णय गर्न सकेन ।आजको बैठकले कति लाभांश घोषणा गर्ने भन्ने बिषयको अन्तिम टुंगो नलगाएको एक संचालकले बताए । ‘शुक्रबार बिहान ९ बजेका लागि बोर्ड बैठक पुनः डाकिएको छ ।
बैंकका एक सञ्चालककाअनुसार शुक्रबार घोषणा हुने लाभांशको विषयमा समेत मोटामोटी सहमति बनेको छ ।
२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिने निर्णयमा पुगेको र भोलि उक्त प्रस्ताव पारित गर्ने ती संचालकले जानकारी दिए।
एनआइसी एशिया बैंकसँग यो पटक ३१ प्रतिशतभन्दा केही बढी लाभांश दिनसक्ने क्षमता थियो ।
हाल एनआइसी एशिया बैंक दोश्रो बजारमा मूल्यको हिसाबले ‘लिडर बैंक’ हो । यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल