अर्थमन्त्रालयले गर्‍यो ५५ जना कर्मचारीको सरूवा

काठमाडौं । अर्थ मन्त्रालयले ५५ जना कर्मचारीको एकैसाथ सरूवा गरेको छ । मन्त्रालयका अनुसार अर्थ प्रशासनभित्र कर अधिकृतहरुको एक साथ व्यापक हेरफेर गरिएको हो ।

मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ । चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ भने आन्तरिक राजस्व विभागका राजुप्रसाद प्याकुलरेललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी दिइएको छ ।

ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थी तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *