

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७.६६ अंकले बढेर ३८६.८१ बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँमा किनबेच भनेको नेप्सेले जनाएको छ । नेप्से बढे पनि कारोबार रकम पनि बढेकाे छ ।
यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ । कारोबार भएका मध्ये २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज जलविद्युत समूह सर्वाधिक ३.६२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.२० प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा २.८८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८७ प्रतिशत, लगानी समूहमा १.७० प्रतिशत, जीवन बीमा समूहमा २.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २ प्रतिशत, लघुवित्त समूहमा १.९४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२९ प्रतिशत, अन्य समूहमा २.१५ प्रतिशत र व्यापार समूहमा २.०१ प्रतिशतको बढोत्तरी भएको छ।
एनआईसी एसिया बैंकको सर्वाधिक ७ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज सोल्टी होटेलको ६ करोड ७० लाख रुपैयाँ, एभरेस्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ७२ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ करोड ५६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ७६ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ४५ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ३४ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

अर्थ सन्जाल