रिलायबल नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकेको छ। रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।

अब यो कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसमम्म अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ निष्काशन गरेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *