सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ। संस्थाले एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिएको छ ।

सेबोनले अनुमति दिएमा संस्थाले करिब पौने ४७ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्नेछ । सूर्योदय वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ । एफपीओ बिक्रीबाट संस्थाले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *