बाढी प्रभावितका लागि भायानेटद्वारा २० लाख सहयोग

काठमाडौं। भायानेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख योगदान गरेको छ।

बाढीका कारण प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रयासस्वरूप भायानेटले उक्त रकम योगदान गरेको हो।

यस विपद्को कठिन घडीमा बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति भायानेटले हार्दिक ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ। साथै, प्रभावितहरूको शीघ्र राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *