

काठमाडौं । हुन्डाई गाडी किन्नेले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने भएका छन्।
हुन्डाई गाडीका लागि नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार लक्षित फेस्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत कुनै पनि हुन्डाई गाडी खरीदमा ६ लाखसम्म आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म नगद छुटका साथै एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै एक जना भाग्यमानीले लक्की ड्रमार्फत हुन्डाई एसयुभी प्राप्त गर्ने कम्पनीले जनाएको छ।
आजदेखि सुरु भएको यस हुन्डाई फेस्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्ने पनि सहभागिता जनाउन योग्य हुनेछन्।
सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ। यो योजना मंसिर ३ सम्म लागू हुनेछ।

अर्थ सन्जाल