पाटनमा श्रीकृष्ण जन्माष्टमीको रौनक (तस्बिरहरू)

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । देशभरका कृष्ण मन्दिरमा भक्तजन र दर्शनार्थीको बिहानैदेखि भीड छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

हिन्दू धर्म अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।

कृष्ण जन्माष्टमीको पर्व मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

तस्बिरहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *