काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २९.८१ अंकले घटेर १९६०.७८ को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा झरेको छ। एक अर्ब १८ कराेडको कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ४० लाख ५३ हजार ३६८ कित्ता सेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएका छन्।
त्यसैगरी, होटेल तथा पर्यटन समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.३३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८७ प्रतिशत, विकास बैंक समूहमा १.५५ प्रतिशत, वित्त समूहमा १.३१ प्रतिशत, लगानी समूहमा १.३९ प्रतिशत, जीवन बीमा समूहमा २ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९४ प्रतिशत, लघुवित्त समूहमा १.७६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा २ प्रतिशत, अन्य समूहमा १.३१ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको गिरावट आएको छ।
त्यसैगरी, सोल्टी होटेलको सर्वाधिक ३ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँ, सिटी होटेलको ३ करोड ७४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३ करोड ४९ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड २३ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ८९ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड २७ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको २ करोड २३ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।




