कुमारी बैंकको ३ लाख ७९ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ३ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि ३५ दिनको समयावधि आवेदन दिनुपर्नेछ ।

कुमारी बैंकको सेयर खरिदका लागि काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सकिनेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *