तिज लक्षित सिर्जनशील महिला उद्यमी मेला दरबारमार्गमा सुरु

काठमाडौँ। ‘२० औँ डाबर वाटिका तिज फेस्टिभल सिर्जनशील महिला उद्यमी मेला २०८०’ सुरु भएको छ । नजिकिँदै गरेको तिजलाई लक्षित गरेर महिला सिर्जनशील केन्द्रको आयोजनामा दरबारमार्ग स्थित होटेल अन्नपूर्ण होटलमा महिला उद्यमी मेला सुरु भएको हो ।

शुक्रबारदेखि सुरु भएको मेलामा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका थिए ।

महिला सिर्जनशील केन्द्रका अध्यक्ष मिलु थापाले महिला उद्यमीहरूले उत्पादन गरेका सामानहरूको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिईन् । महिला उद्यमीहरूले उत्पादन गरेका घरेलु वस्तुहरूको प्रवर्घन गरी उनीहरूलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी हुने थापाले विश्वास व्यक्त गरिन् । सिर्जनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौँ आत्मनिर्भर भन्ने अभियानका साथ सञ्चालन गरिएको मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुहरूको बिक्री वितरण गरिने छ ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री चित्रकारले तिज संस्कृतिलाई उद्यमसँग जोड्नु राम्रो भएको भन्दै तिजलाई खाने लाउने पर्व मात्रै नभएर तिजलाई आत्मनिर्भर महिला बनाउनका लागि उद्यमशील महिला बनाउनुपर्ने कुरामा जोड दिईन् । उनले देशको अर्थतन्त्रलाई माथि उकास्नका लागि महिलालाई उद्यशीलतासँग जोडनुपर्ने बताईन् ।

यस्तै कार्यक्रमा माइती नेपालकी अध्यक्ष कोइरालाले महिला दिदीबहिनीले सञ्चालन गरेका उद्योगबाट गुणस्तरीय वस्तु उत्पादन गरेको पाइएकाले विदेशी वस्तुभन्दा स्वदेशमै उत्पादन भएका वस्तुहरूको उपयोग गर्न सबैलाई आग्रह गरिन् । कोइराललाले महिला दिदीबहिनीहरूले सञ्चालन गरेका उद्यममा उत्पादित सामानहरू गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यकता रहेको बताएकी थिईन्

मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामग्री, गरगहनालगायतका सामग्री प्रदर्शनमा राखिएको छ । मेला तीन दिनसम्म चल्ने छ भने पाँच सय वटा स्टल राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *