राष्ट्रिय बीमा संस्थानले डेढ अर्बको आईपीओ निष्काशन गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले डेढ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थानले १ अर्ब ५० करोड रुपैयाँको आईपीओ ल्याउने तयारी गरेको हो ।

संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न लागेको छ । कम्पनीमा परिणत भएपछि आईपीओ निष्कासन गर्ने तयारीमा संस्थान रहेको छ।

नियामक नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनका लागि संस्थानले आईपीओ बिक्री गर्न लागेको हो । हाल संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ।

आईपीओ बिक्रीपछि संस्थानमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।

आईपीओ बिक्रीपछि पनि प्राधिकरणले तोकेको चुक्तापुँजी कायम गर्न संस्थानले ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने देखिन्छ । यसका लागि संस्थापक सेयरधनीले बाँकी रकम जुटाउनुपर्नेछ ।

हाल संस्थानको संस्थापक सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंक छन् । कुल पुँजीको सबैभन्दा बढी सेयर राष्ट्र बैंकको ५५.५६ प्रतिशत रहेको छ भने अर्थ मन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत हिस्सा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *