

काठमाडौं। आज पनि काठमाडौंका विभिन्न सडकमा सवारी प्रवेशमा रोक लगाइएको छ। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा हिजो विहिबार र आज शुक्रबार सवारी आवागमन निषेध गरिएको हो।
टॅगल – न्ह्यखा – बाङ्गेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल –चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक – गोफल– ब्रम्हटोल – बन्डे – ह्युमत जैशिदेवल – कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिएको जानकारी दिएको छ।
Artha Sanjal

अर्थ सन्जाल