आवतजावतका लागि आजदेखि तातोपानी नाका खुल्ने, बजार जान भने छैन अनुमति

काठमाडौं। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्न लागेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावतलाई सहज बनाउन नाका खुला गर्न लागिएको हो ।

विसं २०७२ को महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

तातोपानीको पारिपट्टिको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीमा रहेको अध्यागमन कार्यालयले पास वितरण गर्नेछ । चीनले खासा बजारसम्म जान भने अनुमति दिइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *