झिनो अंकले घट्याे सेयर बजार

काठमाडौं । सेयर बजारमा बुधबार पनि झिनो अंकले  झरेको छ।

आज नेप्से सूचक २.८२ अंकले घटेर  १९९०.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१३ अंकले घटेर ३८१.७१ को विन्दुमा ओर्लेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३८ लाख ३ हजार २४४ कित्ता सेयर १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन होटेल तथा पर्यटन र व्यापार दुवै समूह १.३० प्रतिशतले उकालो लागेका छन्।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७० प्रतिशतले ओरालो लागेको छ। लघुवित्त वित्त र अन्य समूह समान ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०६ प्रतिशत, विकास बैंक समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.२७ प्रतिशत, जलविद्युत समूहमा ०.२६ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

यो दिन माछापुच्छ्रे बैंकको सर्वाधिक १० करोड रुपैयाँ बढीको कारोबार भएको छ।

आईएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ३ करो रुपैयाँ, नेपाल टेलिकमको २ करोड ८१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ करोड ७३ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ६४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६० लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ४८ लाख रुपैयाँ र एभरेस्ट बैंकको २ करोड ४० लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *