

काठमाडाैं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे बैंक बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ४३ करोड ६० लाख १ हजार ७८१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १३.३० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल