मूलुकको समग्र विकासमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक–सामाजिक रुपान्तरण र मूलुकको समग्र विकासमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छिन् ।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार एवं सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको बताएकि हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूर्वको झापादेखि पश्चिम महाकालीसम्म पुग्दा धेरै संस्कृतिको जानकारी प्राप्त गर्न सकिने र यी संस्कृतिको जीवन्तता उजागर गर्दै समाज रुपान्तरण र राष्ट्रिय एकता कायम गर्नु चलचित्र क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताईन् ।

चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सचेतनामूलक सन्देशमार्फत सामाजिक रुपान्तरणका लागि योगदान गर्ने सशक्त माध्यम पनि भएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन् ‘चलचित्र आमसञ्चारको माध्यम भएकाले यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्नुपर्छ । चलचित्रले देशको बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय र भौगोलिक विविधतालाई पनि प्रतिनिधित्व गरेको हुन्छ । मुलुकका सबै भाषा, सँस्कृति तथा जातिको संरक्षण, सम्बर्धन र विकासका निम्ति चलचित्रको सशक्त भूमिका रहन्छ ।’

उनले चलचित्रमा लेखन पक्षको सशक्त प्रस्तुति र कथालाई जीवन्तता प्रदान गरी चलचित्रलाई सजीव तुल्याउन कलाकर्मीहरुको सक्षम अभिनयकला, प्राविधिक र निर्देशकको संयोजन क्षमता तथा कलात्मक प्रस्तुतिलगायतको सिर्जनशील पक्षको मूल्याङ्कन विभिन्न तह, क्षेत्र र पक्षबाट हुने उल्लेख गरीन् । औल्याउँदै चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *