नेपालमा टिकटक बन्द गराउन मन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपालमा टिकटक बन्द गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीलाई युवराज सफलले पत्र लेखेर पठाएका छन् ।

समाजवादी मोर्चाको संयोजकका रुपमा युवराज सफलको हस्ताक्षर रहेको पत्रमा नेपालमा टिकटक दर्ता नभएको र टिकटकका माध्यमबाट अश्लिलता, छाडातन्त्र, गाली गलौज, मानहानी, अपराध लगायतका गतिविधि बढेको जिकिर गरिएको छ । टिकटकका माध्यमबाट करौडों रुपैयाँ कारोबार भइरहेको र त्यसको कुनै नियमन नरहेको भन्दै टिकटक नेपालमा बन्द गराउन मन्त्रीलाई पत्र लेखिएको छ ।

टिकटकबाट सामाजिक, धार्मिक, जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने कार्य समेत बढेको बताइएको छ । पत्रमा टिकटकलाई व्यवस्थापन नगर्दासम्म नेपालमा टिकटक बन्द गर्न पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *