

काठमाडौं । चालुआर्थिक आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले झन्डै ४ अर्ब रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा निर्जीवन बीमा कम्पनीलेहरुले कुल ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यो अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस अवधिमा ५५ करोड १५ लाख रुपैयाँ बीमशुल्क आर्जन गरेको छ । त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ४२ करोड ५० लाख बीमाशुल्कसहित दोस्रो नम्बरमा छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख, अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख र एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख, दि ओरियन्टल इन्स्योरेन्सले २० करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख र सानिमा जीआईसीले १७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेपाल इन्स्योरेन्सले सबैभन्दा कम १४ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

अर्थ सन्जाल