काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न साधारणसभाको आव्हान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारणसभा कात्तिक १६ गते लैनचौर ब्याङक्वेट लैनचौरमा आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।
उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बाँकी अवधिको लागि सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।