इस्टर्न हाइड्रोपावरको नाफामा सामान्य सुधार

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो कम्पनीले गत वर्ष १ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ६६ लाखबाट बढेर ४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशत धेरै हो ।

यता, वित्तीय खर्च १ करोड ४० लाखबाट घटेर १ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सामान्य सुधार आएको हो । ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १६ करोड २ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी २.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७४.१५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *