

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २०.५४ अंकले घटेर १९९३.३८ को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले घटेर ३८२.११ को विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर सवा १ अर्ब रुपैयाँको मात्रै भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता सेयर १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७७ रुपैयाँमा कारोबार भएका छन्।
आज म्युचुअल फन्ड समूहमात्रै ०.२४ प्रतिशतले उकालो लागेको छ।
आज जलविद्युत समूह सर्वाधिक १.७५ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.३६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८१ प्रतिशत, विकास बैंक समूहमा ०.६३ प्रतिशत, लगानी समूहमा ०.६५ प्रतिशत, जीवन बीमा समूह ०.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७१ प्रतिशत, लघुवित्त समूहमा १.१० प्रतिशत, निर्जीवन बीमा समूहमा १.१९ प्रतिशत, अन्य समूहमा १.१२ प्रतिशत र व्यापार समूह ०.८० प्रतिशतको गिरावट आएको छ ।
आज दिन एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यसैगरी, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ९३ लाख रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ४४ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ८३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ४९ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड २७ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

अर्थ सन्जाल