

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमा लिगको अन्तिम खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ ।
नेपाल दुई खेल जित्दै फाइनलमा स्थान बनाइसकेको छ । मलेसिया नेपाललाई पराजित गर्दै फाइनलको स्थान बनाउन चाहान्छ ।
बायोमास ओभलमा हुने खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुने छ । नेपालले यसअघि पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।
नेपाली महिला टिमले यो सिरिजपछि थाइल्याण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ भने त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी २० विश्वकपको एसिया छनोट खेल्ने छ ।
Artha Sanjal

अर्थ सन्जाल