सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *