सनी सेक्युरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

काठमाडौं । सनी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ।

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ। २०६४ सालमा १ करोड ६० लाख चुक्तापुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल आफ्नो चुक्तापुँजी ६० करोड पुर्याई सम्पूर्ण ग्राहकमा उच्चतम सेवासुविधा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *