अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

थुनामा रहेका मीनबहादुरको नाममा २७ अर्ब बढी ऋण,कसले सम्हाल्छ अब उनको व्यापारिक साम्राज्य ?

  • अर्थ सन्जाल
  • ५ भाद्र २०८०, मंगलवार १८:२१


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा बैंक वित्तिय संस्थाहरुको २७ अर्ब बढी  ऋण रहेको पाइएको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेर हाल हिरासतमा रहेका व्यवसायी गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको २७ अर्ब रूपैयाँ ऋण मध्ये गत असार मसान्तमा तिर्नपर्ने रकम मात्रै ८ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ रहेको पाईएको हो । विभिन्न बैंकबाट गरी अर्बोँ ऋण लिएका गुरुङ हाल थुनामा रहेकाले बैंकको रकम तिर्न ढिलाई भएको बुझिएको छ ।

सामान्य व्यवसायी हुँदै खरबौँको व्यापारिक साम्राज्य खडा गर्न सफल मीनबहादुरमाथि ललिता निवासको जग्गा हिनामिना गरेको आरोप लागेको छ । उक्त प्रकरणमा गुरुङसहित उनको परिवारको नाममा ललिता निवासको करिब ३० रोपनी जग्गा भेटिएको छ । यसअघि पनि उक्त विवादमा मीनबहादुर पक्राउ परेर छुटेका थिए । अहिले दोस्रोपटक पक्राउ परेका गुरुङमाथि सरकारी लिखत कीर्ते गरी ललिता निवासको जग्गा हडपेको आरोप लागेको छ ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा गुरुङकी पत्नी सावित्री घले गुरुङ, छोरी कामना, छोरा कल्याण, भाइ पहलमान र भतिजी सरला गुरुङको नाममा जग्गा राख्नुको साथै भाटभटेनी डेभ्लपर्सको नाममा समेत जग्गा राखेको भेटिएको छ । जसमध्ये गुरुङले कतिपय जग्गा बैंकमा धितो राखेर ऋण लिएको पाइएको छ भने कतिपय जग्गा बेचबिखन गरेको भेटिएको छ ।

देशैभरी व्यापारिक साम्राज्य खडा गरी पायोनियर बन्न सफल मीनबहादुर लामो समयदेखि हिरासतमा छन् । हिरासतमै रहँदा उनी अस्वस्थ भए र अस्पताल पनि भरना भए । ललिता निवास जग्गा प्रकरण राष्ट्रिय चासोको विषय बनिसकेको छ भने अनुसन्धानरत रहेको यो विषयले छिट्टै टुंगो पाउने पनि बुझिँदैन । यस हिसावले उनको नाममा रहेको अरबौँ बराबरको ऋण कसरी तिरिएला भन्ने बैंक वित्तिय संस्थाको चासो र चिन्ता हुनु स्वभाविकै हो ।

गुरुङले विभिन्न बैंक, विकास बैंक र लघुवित्त गरी ३५ वटा संस्थाबाट २७ अर्ब बढी ऋण लिएको पाइएको छ । सबैभन्दा बढी ऋण उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट लिएको पाइएको छ । गुरुङले भाटभटेनी लगायत ऊर्जा, रेष्टुरेन्ट,स्टिल लगायत क्षेत्रमा पनि लगानी गरेका छन् ।

पञ्चायतकालमा सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर सरकारले उनको नाममा भएको ललितानिवासको १४ रोपनी जग्गा जफत गरेको थियो। जसमा ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो । त्यसपछि बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरेपछि कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गरेको थियो ।

३५ वटा संस्थामा २७ अर्ब बढी ऋण

ललिता निवास जग्गा हिनामिना प्रकरणमा हिरासतमा रहेका व्यवसायी मीनबाहुर गुरुङले माउन्टेन इनर्जी नेपालका नाममा ६ अर्ब २३ करोड, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरका नाममा ५ अर्ब ३२ करोड रहेको छ ।

त्यसैगरी मरुन्स ट्रेडिङका नाममा १७ करोड ४२ लाख, काठमाण्डु स्टीलका नाममा १५ अर्ब ४५ करोड, भाटभटेनी ज्वेलर्सका नाममा ४ करोड,द अंकल्स स्पाइसी फुडका नाममा १ करोड, भाटभटेनी मनी ट्रान्सफरको नाममा २ करोड ७२ लाख,भाटभटेनी फर्निचरको नाममा ५८ लाख र भाटभटेनी इन्टरनेशनलको नाममा २८ करोड ४९ लाख रुपैयाँ ऋण रहेको पाइएको छ ।

त्यसो त गुरुङ हिरासतमा भएपनि भाटभटेनी सुपरमार्केट सहित गुरुङको अन्य व्यापार व्यवसाय उनका परिवारले चलाइरहेका छन् । भाटभटेनी सुपरमार्केटको बोर्डमा गुरुङकी श्रीमती, छोरा र भाइ छन् । सावित्री सुपरमार्केटको निर्देशक, पहलमान कार्यकारी निर्देशक र कल्याण कार्यकारी निर्देशक छन् ।

यस अघि पनि २०७६ मा विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा गुरुङले आधा अर्ब हिनामिना गरेको अभियोग लागेको थियो । अवैध ढङ्गले सरकारी जग्गा कम्पनी र परिवारको नाममा किनबेच गरेकोमा ५० करोड ४७ लाख ६८ हजार रुपैयाँ बिगो, जरिवाना र जग्गा जफतको माग गरिएको भएपनि उनले दुई करोड रुपैयाँ धरौटी बुझाएर पुरानो मुद्दा पनि खेपिरहेका छन् ।

पछिल्लो समय सामान्य व्यवसायी हुँदै खरबौँको व्यापारिक साम्राज्य खडा गर्न सफल भएका मीनबहादुरमाथि ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा थुनामा परेसंगै अब उनको अर्बौको साम्राज्य के हुने भन्नेमा धेरैको चासो र कतिपयको चिन्ता रहेको देखिन्छ।

Artha Sanjal
मिती : ५ भाद्र २०८०, मंगलवार १८:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.