काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (भदौ ५ गते)को मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिले हरेक दिन तरकारी तथा फलफूलको मूल्य निर्धारण गरी सार्वजनिक गर्ने गरेको भएपछि आज सुकेको प्याज (भारतीय)को मूल्य भने सार्वजनिक गरेको छैन । अचाक्ली बढिरहेको प्याजको मूल्य निर्धारण नगर्दा कालोबजारी बढ्ने निश्चित भएको छ । भारतले निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपालमा प्याजको मूल्य अचाक्ली बढिरहेको छ ।
समितिले अन्य विभिन्न तरकारीको भने नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी ११० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ७५, लौका ७०, हरियो फर्सी ७०, घिरौँला ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३५, गाजर ११०, मूला सेतो ७०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १५०, कागती १३०, भिण्डी ७०, निगुरो ७०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २६०, तोफु ११०, पिँडालु ६०, तामा १००, कन्य च्याउ २००, तने बोडी प्रतिकेजी १०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, हरियो खुर्सानी अकबरे २५०, भेडे खुर्सानी ७०, खुर्सानी सुकेको ४५०, हरियो धनियाँ ३५०, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २४०, लसुन हरियो २२०रुपैयाँ, छ्यापी सुकेको २००, तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै केरा दर्जनको १३० रुपैयाँ, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवी ७००,लप्सी प्रतिकेजी ५०, रुख कटहर ४०, फूजी स्याँउ ३५०, अम्बा ३००, जुनार ३२०, मा कारोबार भइरहेको छ ।
पछिल्लो समय उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ अचाक्ली महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको छ । चाडपर्व नजिकिंदै जाँदा हरेक वर्ष फलफूल तथा तरकारीको मूल्य अत्यधिक बढ्ने गरेको छ ।




