प्रभु महालक्ष्मी लाइफको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नवराज अधिकारीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि खुला गरेको हो।

संस्थापक शेयरको खरिद–बिक्रीमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने प्रावधानअनुसार हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड पूरा हुने आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *