काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । विश्वासको मतका लागि सोमबारको प्रदेशसभा बैठकमा उनले प्रस्ताव गरेकामा पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ ।
प्रदेशसभामा तत्काल कायम रहेको संख्या ९३ को ४७ मत बहुमत रहेकाले मुख्यमन्त्री थापाले राखेका प्रस्ताव बहुमतले पारित भएको सभामुखले घोषणा गरे । ४७ पुर्याउन बैठककाे अध्यक्षता गरेका कांग्रेसका ज्येष्ठ सदस्य इस्राईल मन्सुरीले पनि विस्वासकाे मत हालेका छन् ।
मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका छन् । अध्यक्ष मण्डलकी अर्की सदस्य गीतालाई सभामुखको आसनमा बसाई मन्सुरीले विश्वासको मत दिएका हुन् ।




