शेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ को बन्द भएको छ ।

आज ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २३ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.३५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ६.३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *