काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ आजबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। कम्पनीको सेयरको पहिलो कारोबार प्रतिकित्ता ४७९ रुपैयाँमा खुलेको हो । यो नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको अधिकतम रेन्ज हो । नेप्सेले पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १५९.६७ रुपैयाँदेखि अधिकतम ४७९.०१ रुपैयाँ तोकेको छ।
नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ। कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो ।
नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ९ लाख ७४ हजार ९४० कित्ता (८० प्रतिशत) र सर्वसाधारण समूह (आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषसहित)को २ लाख ४६ हजार ७३५ कित्ता सेयर (२० प्रतिशत) रहेको छ।




