काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २१.९९ अंकले घटेर
२०११.१४ बिन्दुमा कारोबार बन्द भएको छ ।
यसदिन २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन सबैभन्दा बढी सेयरमूल्य फरवार्ड लघुवित्तको बढेको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ४.५७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन आरएसडिसी लघुवित्तको सेयरमूल्य यस दिन ४ प्रतिशत बढेको छ। यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।







