सुर्खेत । डोल्पामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवकविरुद्ध उक्त बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको थियो ।
जसमध्ये पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका–५ का २७ वर्षीया धर्मराज बोहारा, सल्यान कुमाख गाउँपालिका–५ का २३ वर्षीया रेशम राना, जाजरकोट कुसे गाउँपालिका–९ का २१ वर्षीया कृष्ण बि।क। रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार अन्य आरोपित फरार छन् । घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएको डीएसपी बुढाथोकीले बताए ।
Artha Sanjal






