एसिया कप क्रिकेट खेल्न नेपाली टिम अर्को हप्ता पाकिस्तान जाने

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ ।

‘अहिले नै मिति निश्चित भएको छैन तर सम्भवतः २३ तारिख टिमलाई पठाउने तयारी रहेको छ’, विशेष स्रोतले भन्यो ।

एसिया कप आउँदो अगष्ट ३१ बाट सुरु हुँदैछ । नेपालका लागि क्यानले एसिया कपका लागि १७ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा रहेको सन्दीप लामिछानेका बलात्कार मुद्दाको पेसी सरेकाले उनी पाकिस्तान जाने नजाने अन्योल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *