लिङ्देनको विकल्प खोज्नेबारे राप्रपामा लबिङ्ग सुरु

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी निर्णय गर्ने गरेको भन्दै पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द्र निकट नेताहरु असन्तुष्ट रहेका छन् । उनीहरु संसदीय दलको नेता फेर्ने प्रयासमा रहेको बताइएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद र पार्टी सञ्चालनमा अपरिपक्वता देखिएको र विधानविपरीत निर्णय गरेको आरोप लागेको छ । सोही आरोपपछि लिङ्देनको विपक्षमा रहेको समूह आन्तरिक छलफलमा जुटेको छ । गत शनिबार चन्द निवास भक्तपुरमा नेताहरूबीच लिङ्देनको विकल्प खोज्नेबारे छलफल भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *