अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

झापा जिल्ला प्रशासनको लापरबाही: किर्ते गरि एउटै विवरणको नागरिकता दुई व्यक्तिलाई, सक्कली र नक्कली छुट्याउनै मुस्किल !

'भाेट हाल्न जाँदा अरु कसैले हालिसकेर सामाजिक सुरक्षा भत्तासमेत अरु कसैले लागिसकेपछि ...'

  • अर्थ सन्जाल
  • ३२ श्रावण २०८०, बिहीबार १८:०१


दमक । झापा जिल्ला प्रशासनले एउटै विवरण भएको नागरिकता दुई व्यक्तिलाई दिएको पाइएको छ । दुई इन्द्रलाल अधिकारीलाई दिइएको नागरिकता विवरण एउटै छ । जसमध्ये एक जना भने भारतमा बसोबास गर्ने व्यक्त रहेको खुलेको छ ।

झापाको गौरादहका इन्द्रलाल अधिकारीले स्थानीय चुनावमा भोट हाल्न पाएनन् । उनी भाेट हाल्न जाँदा उनको भोट अरु कसैले हालि सकेको थियाे । उनले ठाने कुनै छोराहरु मध्ये कसैले मेरो नामको भोट हाले भनेर सामान्य रुपमा लिएर घर फर्किए । पछि जब उनको नाममा आएको सामाजिक सुरक्षा भत्तासमेत अरु कसैले लगेको थाहा पाए त्यसपछि एउटै विवरणकाे दुई नागरिकता जारी भएकाे खुलेकाे हाे ।

३४१५१९८७८ नम्बरको नागरिकता इन्द्रलाल अधिकारीको नाममा २०३४/६/२५ गते जारी भएको देखिन्छ । नन्दलाल अधिकारी बाबुको नाम रहेका अधिकारीको साबिक गौरादह गाबिस वडा नम्बर ९ ठेगाना छ भने उनले २०५३/१२/३ मा प्रथम प्रलिपी लिएको देखिन्छ । उनको जन्म स्थान भने पाँचथर जिल्लाको नांगिन गाबिस रहेको उल्लेख छ । तर वडा नम्बर खुलाइएको छैन ।

 

 

सोही विवरण भएको नागरिकता बोक्ने अर्का इन्द्रलाल भने लामो समय भारतको हिमाञ्चलमा बसोबास गर्ने बासिन्दा खुलेको छ । उनको जारी मितिमा भने २०३३ सालको रेकर्ड अनुसार लेखिएको छ । त्यस्तै उनको जन्म स्थान इलाम जिल्लाको लक्ष्मीपुर रहेको छ भने उनले प्रथम प्रतिलिपी झापा प्रशासनबाट २०६६/३/२२ मा लिएको देखिन्छ ।

 

स्मरणीय त के छ भने गौरादह गाबिस हुँदैदेखि गौरादह भित्र कुनै स्थायी बसोबास नभई भारतमा बसोबास गरेको मान्छेलाई नागरिकता कसरी दिइयो ? यसै सम्बन्धमा जिज्ञासा राख्दा उनले आफ्नो काकाले सनाखत गरेर नागरिकता लिएको बताए । ‘२५ बर्ष भन्दा बढी भारतको हिमाञ्चलमा बसोबास गरेको मान्छे हुँ, मेरो नेपालभरी कहीँ कतै जग्गा जमिन छैन, मेरो काकाले सनाखत गरेर गौरादहबाट नागरिकता झिकेको हो । उहाँको अहिले मृत्यु भैसकेको छ’, उनले भने, ‘मलाई नागरिकताको प्रतिलिपी बनाउने र मेरो नानीहरूको नागरिकता बनाउने कुरामा मदन अधिकारीले सहयोग गर्नुभएको हो ।’

ती भारतीय इन्द्रलालले नाम लिएका मदन अधिकारी स्थानीय एमाले नेता हुन् । उनी सामाजिक अगुवाका रुपमा परिचित छन् । समाजमा देखिएका समस्याहरुलाई समाधान गर्न उनी सधैँ अगाडि बढ्ने स्थानीयबासी बताउँछन् । तर किर्ते नागरिकता प्रकरणमा पनि उनको नाम जोडिएको छ । तर उनले भने यसमा आफ्नो संलग्नता नरहेको दाबी गरे । उनले ती भारतीय नागरिक इन्द्रलालसँग आफ्नो चिनजानसमेत नरहेको बताए । ‘मेरो नाम पनि लिँदै हिडेछन् । तर म उनलाई चिन्दिन’, उनले भने, ‘उसले किन मेरो नाम लिँदै हिँड्यो ? हामी पनि अनुसन्धान गर्दैछौं ।’

प्रशासन भन्छ: ‘हामी अनुसन्धान गर्दैछौं’

एउटै विवरणको नागरिकता दुई व्यक्तिलाई कसरी वितरण भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको झापा जिल्ला प्रशासनले बताएको छ । नागरिकता जफत गरेर अनुसन्धान गरिरहेको ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि आपागाईले बताए ।

‘यो नियतबस फटाई गरेको देखिन्छ, हामीले उक्त नागरिकता जफत गरेर अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘एक जनाको नागरिकता विवरण देखाएर अर्कै मान्छेले नागरिकताको प्रतिलिपी बनाई विभिन्न गतिविधि गरेको देखिन्छ ।’

गैरकानुनी ठहर भए यसमा संलग्न जोसुकैलाई भए पनि कारबाही हुने प्रमुख आपागाईले बताए ।

Artha Sanjal
मिती : ३२ श्रावण २०८०, बिहीबार १८:०१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.