प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको २१ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको २१ लाख कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको कुल २० लाख ९२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता छन्।

यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षका लागि प्रभु लाइफले ९.८ प्रतिशत र सामुदायिक लघुवित्तले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *