काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बिहीबार) पनि सुनवाइ हुन सकेन । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति दुईवटा देखिएपछि विवाद भएकाे भन्दै प्रमाणीकरण गर्न आदेश दिएका छन् ।
आजको सुनवाइमा गौशाला पक्षको मुख्य वकिल प्राडा डा. शशी अधिकारी नै अदालतमा उपस्थिति थिइनन् । सन्दीपको मुद्दाको सुनवाइ आज हुने पहिल्यै तय भइसकेको भएपनि उनी फैसला पेशी छल्दै काठमाडौंबाहिर पुगेकी हुन् । फैसला पेसी तोकिएको दिन उनी भालुवाङ पुगेकी हुन् । उनी त्यहाँ कुनै सेमिनारमा भाग लिन गएका बताइएको छ ।
गौशालाको तर्फबाट एक सरकारी वकिलसहित आधा दर्जन जति निजी वकिलहरू छन् । अधिकारी पनि गौशालाको तर्फबाट बहस गरिरहेकी निजी वकिल हुन् । तर, यति महत्वपूर्ण मुद्दाको नेतत्व गरिरहेकी उनी फैसलाको सुनवाइ नै हापेर उनी काठमाडौंबाहिर गएपछि यसलाई अर्थपूर्णरुपमा हेरिएको छ । सन्दीपको तर्फबाट भने ८ जना वकिलहरूले बहसको तयारी गरेका थिए ।
सन्दीपविरुद्धको मुद्दामा आज जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । सन्दीपका वकिलहरु जसरी पनि आज सुनुवाइ हुनुपर्ने बताइरहेका भएपनि आज हुन नसकेको हो ।
अर्थ सन्जाल