काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले जारी गरेको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याज, तरकारी, फलफूल, मसला तथा माछालगायतका कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो स्थानीय गोलभेँडा २० रुपैयाँ र टनेलमा उत्पादित सानो गोलभेँडा ३० रुपैयाँ कायम गरिएको छ। रातो लाम्चो आलु प्रतिकिलो ५२ रुपैयाँ, रातो गोलो र मुढे आलु ५३–५३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ तोकिएको छ।
तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो ११० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।
यसैगरी, तने बोडी प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, स्थानीय तथा हाइब्रिड घिउ सिमी १४०–१४० रुपैयाँ, राजमा घिउ सिमी १६० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, भटमासको कोसा १०० रुपैयाँ, तीते करेला, लौका तथा परवर ७०–७० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी ९० रुपैयाँ, भिन्डी ६० रुपैयाँ, सक्खरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ७० रुपैयाँ निर्धारण गरिएको छ।
हरियो सागसब्जीमा रायो साग र पालुङ्गो प्रतिकिलो २००–२०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, हरियो प्याज २०० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ तथा सिताके च्याउ एक हजार रुपैयाँ कायम गरिएको छ।
अन्य कृषिउपजमा कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, सजिवन ३०० रुपैयाँ, जिरीको साग, सेलरी र सौफको साग २००–२०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, पुदिना ४०० रुपैयाँ, गान्टेमूला २०० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६०–१६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप २००–२०० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, स्थानीय नास्पाती ८० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लप्सी ६० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ, अमला २८० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ कायम गरिएको छ।
मसला तथा अन्य खाद्यवस्तुतर्फ नेपाली ड्रागन फ्रुट प्रतिकिलो ४०० रुपैयाँ, अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ९०–९० रुपैयाँ, माछे खुर्सानी ७० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, हरियो धनियाँ ३५० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ, सुकेको माछा एक हजार रुपैयाँ, रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा ३००–३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।




