पेट्रोलिय प्रदार्थमा भएको मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी आन्दोलित (तस्बिरहरू)

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलिय प्रदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल आयल निगमको कार्यालयमा विरोध प्रदर्शन गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको बताउँदै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हिजो बढाएको थियो । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

तस्बिरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *