नेप्से सूचक २०.३१ अंकले घट्यो, एक अर्ब ६७ करोडकाे कारोबार

काठमाडौँ । आज फेरि सेयर बजार परिसूचक नेप्से २०.३१ अंकले घटेको छ । आज नेप्से सूचक बुधवार २०.३१ अंकले घटेर २०२५.१२ अंकको विन्दुमा झरेको हो ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक  ५.५४ अंकले घटेर ३८६.३० को विन्दुमा ओर्लेको छ।

अघिल्लो दिन ३१.८० अङ्कले घटेर दुई हजार ४५.४४ अङ्कमा झरेको थियाे । याे दिन विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता सेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ ।

आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँमा कारोबार भएका छन्।

हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शिवम सिमेन्टको ७ करोड १४ लाख रुपैयाँ, आईएमई लाइफको ५ करोड ९६ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ९४ लाख रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ३९ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड २० लाख रुपैयाँ, इमर्जिङ नेपालको ३ करोड १७ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड १६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *