काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले आज सार्वजनिक गरेको हो । नतिजा भने केहीबेरमा अपलोड हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।
कसरी हेर्ने नतिजा ?
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.ntc.net.np र नेपाल टेलिकमको वेबसाइट www.neb.gov.np मा गएर हेर्न सकिन्छ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० र नेपाल टेलिकमको १६०१ नम्बरमा एसएमएस पठाएर पनि हेर्न सकिने छ।




