काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन आज गालिएको छ । एक क्वीन्टल भनिएको गाल्नुअघि जोख्दा यो सुन ६० किलो ७८९ ग्राम थियो । पगालेर जोख्दा सुन ७३ ग्रामले घटेर ६० किलो ७१६ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाकाअनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।
हेर्नुहोस् थप तस्बिरहरु:


















